अमेरिकी डलर बलियो बनेसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रिदर तोकेसँगै नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै बढी भएको हो ।
एक वर्षयता निरन्तर रुपमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । एक वर्षमा अहिलेसमेत बढेको भाउ हिसाब गर्दा अमेरिकी डलर १० रुपैयाँले महंगो भएको छ ।
बिहिबार मात्र पनि नेपालमा डलरको खरिद दर ११९ रुपैयाँ ३३ पैसा थियो । सन् २०१८ मा यो मूल्य पुगेको अमेरिकी डलर अहिले सबैभन्दा बढी भएको हो ।
पछिल्लो समय कोरोनाको सन्त्रासका कारण अमेरिकी डलर महंगो हुँदै गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।