कनिका कपुरलाई पनि कोरोना

एजेन्सी– भारतको लखनउमा शुक्रबार अधिकारीहरुले थप चार जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेका छन् । यसमा एक जना बलिउडकी चर्चित गायिका कनिका कपुर पनि छिन् । 

उनी अहिले आइसोलेसन वार्डमा राखिएकी छिन् । केही दिन पहिले उनी लन्डनबाट फर्किएर आएकी थिइन् । अनि उनी लखनउमा रहेको ताज होटलमा बसेकी थिइन् । त्यसपछि उनी शालीमान ग्य्रान्ड अपार्टमेन्टको एक पार्टीमा सहभागी भएकी थिइन् ।

उनले लन्डनबाट फर्किएको कुरा कसैलाई नभनी निकै धेरै मानिससँग भेटघाट गरेको बताइएको छ । यसको अर्थमा उनीसँग अरु व्यक्तिहरु पनि सम्पर्कमा आएको र उनीहरुलाई पनि कोरोना भाइरस भएको हुनसक्ने अनुमान गरिएको छ । उनले भेटेका सबै मानिसहरुलाई अब भारतले सम्पर्क गरेर टेस्ट गर्ने प्रक्रिया सुरु गरेको छ । 





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १४:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया