प्रधानमन्त्रीले सम्बोधन गर्ने, नेपाल ‘लकडाउन’ गर्ने सरकारको तयारी
फाइल तस्वीर ।

काठमाडौं– विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्ने विषयमा सरकारले लकडाउन गर्ने तयारी गरेको छ । यही विषयमा जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । 

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा झन् बढ्दो छ । विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले नेपाल पनि यसको जोखिममा उत्तिकै छ । 

यही विषयमा सरकारको तयारीलाई सूचित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लागेका हुन् । 

यस विषयमा आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेका छन् । साथै उनले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग पनि छलफल गरेका छन् । 

प्रधानमन्त्री ओलीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १४:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया