बेलायतले ६५ हजार रिटायर्ड स्वास्थ्यकर्मीलाई बोलायो

एजेन्सी– कोरोना भाइरसको संक्रमणले निकै तनाव उत्पन्न गराएपछि बेलायतमा रिटायर्ड स्वास्थ्यकर्मीलाई पनि सेवामा आउन बोलाउन थालिएको छ । यसका लागि त्यहाँको सरकारले ६५ हजारभन्दा बढी चिकित्सक तथा नर्सलाई चिठी लेखेको छ । 

चिठीमा उनीहरुलाई फेरि एनएचएस आउन अनुरोध गरिएको छ । कोरोना प्रकोपसँग लड्न सरकारले उनीहरुको साथ खोजेको चिठीमा अभिव्यक्ति दिइएको बताइएको छ । 

अनि त्यहाँको सरकारले सबै अस्पताललाई उच्च सतर्कता अपनाउनु पर्ने र आवश्यक गियर र भेन्टिलेटरको व्यवस्था गर्नु पर्ने पनि बताएको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १५:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया