काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले मास्क र सेनिटाइजर वितरण गरेको छ । नेविसंघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिको आयोजनामा शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा मास्क र सेनिटाइजर वितरण गरिएको हो ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवसको अवसरमा नेविसंघले कोरोना भाइरसबारे जनचेतना फैलाउँदै मास्क र सेनिटाइजर वितरण गरेको हो ।
कोरोना भाइरसबाट जोगिन २५ सय मास्क र सेनेटाइजर वितरण गरिएको सम्पर्क समिति अध्यक्ष दीपेन्द्र क्षेत्रीले जानकारी दिए ।
मास्क र सेनिटाइजर वितरण कार्यक्रममा नेविसंघ महामन्त्रीद्वय बलदेव तिमल्सिना, युवराज पाण्डेलगायत नेताहरूको उपस्थिति थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।