एयर इण्डिया फ्लाइटमार्फत युएईबाट दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र

काठमाडौं– युएईबाट एयर इण्डिया फ्लाइटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । 

बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए ।

आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् ।

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नुपरेको पीडित नेपालीले बताएका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १८:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया