प्रतिबन्धित देशबाट ६१ नेपाली काठमाडौंमा, खरिपाटीको क्वारेन्टाइनमा राखियाे

काठमाडौं– नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ नेपालीलाई काठमाडौं विमानस्थलमा ल्याएका छन् । 

थाइ एयरवेज र एयर इन्डियाका विमानले ६१ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका हुन् । यसरी प्रतिबन्धित देशबाट आइपुगेका नेपालीलाई अब खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिने भएको छ । 

यसअघि चीनको वुहान र अन्य विभिन्न सहरबाट नेपाल ल्याइएका बिद्यार्थीलाई त्यहाँ राखिएको थियो ।

सरकारले यसअघि यसरी विदेशबाट आउने विदेशी नागरिकलाई फर्काउने गरेको थियो । तर, यसपटक, दुबई, कतारलगायतका देशबाट नेपाली नै आएकाले सरकारले क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १७:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया