कोरोना भाइरसको पीडामा अनुपम र अनिलको यो रमाइलो

एजेन्सी– बलिउडका दिग्गज कलाकार अनुपम खेर अमेरिकाबाट भारत फर्किएका छन् । विमानस्थलमा भएको स्क्रिनिङमा उनलाई कोरोना भाइरस संक्रमण नभएको देखियो । तर, उनले आफूलाई सेल्फ आइसोलेसनमा राख्ने निर्णय गरेका छन् । 

अब एउटा भिडियो सामाजिक सन्जालमा निकै सेयर भएको छ । भिडियोमा उनी अनिल कपुरसँग कुरा गरिरहेका छन् । 

यो भिडियोलाई यी दुवै अभिनेताले आफ्नो ट्विटरमा सेयर पनि गरेका छन् । 

भिडियोमा अनुपम खेर बाल्कोनीमा देखिएका छन् । अनि अनिल कपुर तलबाट उनीसँग कुरा गरिरहेका छन् । 

अनि अनिलले तलैबाट गीत गाएका छन्– तेरे घरके सामने एक घर बनाउँगा ।

यो सुनेर अनुपम खेर पनि हाँस्न थालेका छन् ।



कोरोना भाइरसको सन्त्रासबीच पनि यी दुई अभिनेताले गरेको यो रमाइलोलाई भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले निकै रुचाएका छन् ।



  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १८:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया