काठमाडौं– कुनै बेलाकी चर्चित गायिका कोमल ओलीले अब आफ्नो परिचय फेरिसकेकी छिन् । उनी राष्ट्रिय सभामा सदस्य भएसँगै समसामयिक विषयमा कहिले राष्ट्रिय सभामा त कहिले सामाजिक सन्जालमा प्रश्नहरु गरिरहेकी छिन् ।
केही दिनअघि मात्र पनि उनले कोरोना भाइरसको महामारी बढेको यो समयमा कालोबजारी पनि बढिरहेको भन्दै प्रश्न उठाएकी थिइन् ।
अब फेरि सामाजिक सन्जालमा उनले आफ्नै पार्टीको सरकारलाई प्रश्न राखेकी छिन् । उनले भनेकी छिन्– बसको टिकटमा मनपरी पैसा लिएको समाचार आइरहेका छन् । अनि हेलो सरकारलाई मेन्सन गर्दै के हो भन्ने प्रश्न राखेकी छिन् ।
उनले यही ट्विटमा फेरि नेपालगन्ज जाने यात्रुले ९ सय पर्ने टिकटलाई १४ सय १८ सय तिरेको कुरा उनीसँग रुँदै भनेको पनि बताएकी छिन् । अनि उनको माग छ– त्यसरी ठग्ने यातायात व्यवसायीलाई कडा कारबाही गरियोस !
बसकाे टिकटमा मनपरि पैसा लिएकाे समाचार आईरहेकाछन् ! केहाे @hello_sarkar? नेपालगन्जकाे ९सयकाे टिकटमा १४ सय १८ सय तिरेकाे यात्रुहरुले रुँदै भन्नुभाे ! सरकार र यातायात विभागकाे तुरुन्तै ध्यान जावस र त्यसरी ठग्ने यातायात व्यवसायीलाई कडा कारबाही गरियाेस !@NepalPoliceHQ
— Komal Oli (@OliKomal) March 21, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।