ट्रम्पले अमेरिकीलाई फेरि भने– घरमै बस्नू !

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई फेरि एकपटक घरमै बस्न अनुरोध गरेका छन् । कोरोना भाइरसबारे ह्वाइट हाउसमा शनिबार भएको ब्रिफिङमा सम्बोधन गर्दै ट्रम्पले अमेरिकी नागरिकलाई यस्तो अनुरो गरेका हुन् । 

कोरोना भाइरसविरुद्धको यो लडाइँ घरमा नै बसेर जित्न सकिँदै भन्दै ट्रम्पले भने, ‘घरमै बस्नू ।’

यसका साथसाथै उनले अमेरिकी संसदले नयाँ विधेयक ल्याउने र यो एकदमै एक्साइटिङ भएको पनि बताए । उनले कोरोनाविरुद्ध लड्न आफूहरु हरसम्भव प्रयास गरिरहेको पनि बताए । 

शनिबारको बिफ्रिङमा ट्रम्पले जापानमा हुने भनिएको टोकियो ओलम्पिक २०२० को निर्णय लिन जापानी प्रधानमन्त्री नै सक्षम रहेको पनि बताए । ‘यो विषयमा सिन्जो अबेले नै निर्णय लिनेछन्,’ उनले भने, ‘म केही भन्दिनँ । तर, जापनाले साँच्चिकै सुन्दर रंगशालाहरु बनाएको छ ।’





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार ०:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया