कोरोना भाइरसः इटालीमा प्रत्येक दुई मिनेटमा एकजनाको मृत्यु

पछिल्ला केही दिनयता युरोपेली मुलुक इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । अब २४ घन्टा यता इटालीमा ७९३ जनाको मृत्यु भएको बताइएको छ । 

यो कोरोना भाइरसको संक्रमण फैलिएपछि एउटै देशमा एक दिनमा मृत्यु भएको सबैभन्दा बढ्दो संख्या हो । योसँगै अब इटालीमा कोभिड १९ का कारण ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ । 

अहिले औसतमा प्रत्येक दुई मिनेटमा इटालीमा एक जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भइरहेको छ ।

इटालीमा संक्रमण पनि व्यापक फैलिइरहेको छ । पछिल्लो समय इटालीमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार ५ सय पुगिसकेको छ । यो शुक्रबारको भन्दा ६५०० ले बढी हो । 

अब इटालीले कोरोना भाइरस संक्रमणसँग लड्न सेना परिचालन गर्ने योजना बनाएको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया