सरकारका निर्देशन पालना गर्न र कोरोनाविरुद्ध लड्न प्रचण्डको आग्रह

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले लिएका निर्णयलाई दृढतापूर्वक पालना गर्न आग्रह गरेका छन् । उनले यी व्यवहारिक निर्णयलाई पालना गरेमात्र हामीले कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् । 

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस संक्रमणबाट बच्न सावधानी अपनाउन पार्टीका कार्यकर्ता तथा आम जनतालाई अपिल गरेका हुन् । 

राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्नेमा प्रचण्डले जोड दिएका छन् । 

प्रचण्ड आफैंले पनि केही दिनयता भेटघाट घटाएका छन् र उनी स्वयं घरमा बसिरहेका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार ११:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया