कोरोनाभाइरस : यसले गरेकाे पनि छ है केही राम्रा कुरा !

काठमाडौं– कोरोना भाइरस । सन् २०२० को सुरुवातसँगै सुरु भएको यो कहरबारे कसले पो राम्रो सोच्न सक्ला र ? अहिलेसम्म विश्वभर झन्डै ७२ हजार मानिसको ज्यान लिइसकेको यो भाइरसका कारण विश्वको आर्थिक गतिविधि सहित अनेक कुराहरुमा समस्या देखिन थालेको छ । 

विश्वका कयौँ देशहरुले सानो सहरमात्र होइन, पूरै देश लकडाउन गरिरहेका छन् ।

यो कहिलेसम्म जारी हुन्छ भन्ने कसैले पनि अनुमान गर्न सकेको छैन । तर, यी सब हुँदहुँदै पनि केही राम्रा समाचार भने आएका छन् । आउनुहोस्, तीबारे चर्चा गरौँः

 

१. विश्वमै प्रदुषणमा कमी

कोरोना भाइरसका कारण कयौँ देशमा लकडाउन गरिएको छ । र, यसको कारण प्रदुषणको स्तरमा कमी आएको छ । चीन तथा इटाली दुवै देशमा कोरोनाले अत्यन्त धेरै असर गरेको छ । तर, यी दुवै देशमा वायु प्रदुषण पनि निकै घटेको छ । वायु प्रदुषणको गम्भीर कारक नाइट्रोज डाइअक्साइडमा पनि यी देशमा कमी आएको छ ।



लकडाउन गरिएका देशमा उद्योगहरु बन्द हुँदा र गाडीहरु कम चल्दा हावाको गुणस्तर निकै राम्रो भएको रिपोर्टहरु सार्वजनिक भएका छन् । 

न्युयोर्कमा केही शोधकर्ताहरुले गत वर्षको तुलनामा यस वर्ष कार्बन मनोअक्साइडमा ५० प्रतिशत सुधार आएको छ । त्यसैले यो वर्ष विश्वमा तापक्रम कम हुने र यसले वातावरणलाई राम्रो गर्ने पनि बुझिएको छ ।



 

२. पानीको गुणस्तरमा सुधार

भेनिसमा रहने मानिसहरुका अनुसार सहरका नहरमा जुन पानी पहिले बहन्थ्यो, अहिले त्यो निकै परिवर्तन भएको छ । त्यहाँको पानीको गुणस्तरमा निकै सुधार आएको छ । 

कोरोना भाइरसका कारण उत्तर इटालीको लोकप्रिय पर्यटकीय गन्तव्य पूरै सुनसान छ । अनि यसका कारण त्यहाँ पानीको प्रयोग पनि कम भएको छ । र, त्यहाँ पाइने पानी पनि स्वच्छ हुँदै गएको छ ।

त्यहाँका केही कुवाहरुमा पानी कतिसम्म सफा भएको छ भने पहिले त्यसमा केही देखिँदैनथ्यो, अब त्यहाँ माछाहरु देखिन थालेको छ ।

 

३. उदार देखिँदैछन् मनहरु

कोरोना भाइरसका कारण कयौँ सहरहरु पूर्णरुपमा अहिले बन्द गरिएका छन् । घरमा कहिलेसम्म बस्नु पर्ने हो भन्ने एकिन नभएका कारण मानिसहरुले आसपासका स्टोरहरुबाट सामानहरु आफूलाई चाहिनेभन्दा धेरै जम्मा गरिरहेका छन् ।

कति ठाउँमा त यस्ता सपिङ सेन्टरहरुमा मानिसहरु एकअर्कासँग झगडा पनि गरिरहेका छन् ।

तर, उता न्युयोर्कमा दुई जना मिलेर ७२ घन्टामा १३ सय भोलिन्टियरहरु तयार गरेका छन् । यी भोलेन्टियर्सको काम चाहिँ सहरमा वृद्ध तथा अन्य असक्त व्यक्तिहरुलाई सहयोग गर्ने हो । फेसबुकका अनुसार बेलायतमा कयौँ मानिसहरु कोरोनाविरुद्ध लड्नका लागि एउटा समूहमा मिसिएका छन् । क्यानडामा पनि यस्तै भएको छ ।

यसले गर्दा सहयोगी मनहरु बढ्दै गएको विश्वमा चर्चा चल्न थालेको छ ।

 

४. एकजुट हुँदैछन् मानिसहरु

कामको चापका कारण मानिसहरु बारम्बार आफूलाई र आफ्नो परिवार र समुदायलाई समय दिन सक्दैनथे । तर, अब सबै कुराहरु बन्द भएका कारण मानिसहरु घरमा बस्न थालेका छन् । 

यहीबीच इटालीमा मानिसहरु बरन्डामा निस्किएर संगीतमा रमाइरहेका छन् । यसले समाजमा एकअर्कासँगको हार्मोनी बढाएको विश्वका अध्ययनकर्ताहरुले निष्कर्ष निकालेका छन् । 

आफ्ना परिवार तथा साथीहरुसँग मानिसहरुले राम्रोसँग समय बिताउन पाउँदा निकै राम्रो भएको उदाहरणहरु अहिले सामाजिक सन्जालमा हजारौँले पोस्ट गरिरहेका छन् ।

 

५. सिर्जनात्मकता बढिरहेको छ

विश्वभर कोरोना भाइरसका कारण जो मानिसहरु आफ्नो घरमा बसिरहेका छन्, उनीहरुले आफ्नो सिर्जनात्मक अभ्यासलाई बढाउन पनि पाएका छन् । 

सामाजिक सन्जालमा मानिसहरुले सिर्जनात्मक काम गरिरहेको कुराहरु लेखेका छन्, त्यसलाई पोस्ट गरिरहेका छन् ।

ठाउँठाउँमा भर्जुअल संसारको बढावा भइरहेको छ । वासिङटनमा भर्जुअल बुक क्लब सुरु भएको छ, लन्डनमा भर्जुअल पब सुरु भएको छ ।

  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १२:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया