प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
फाइल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

मिर्गौला प्रत्यारोपणपछि ३० फागुनमा डिस्चार्ज भई बालुवाटार आएका प्रधानमन्त्री ओलीले पहिलोपटक आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुने अघिल्लो दिन १८ फागुनमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो।

उक्त बैठकले कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो। 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १३:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया