काठमाडौं– सरकारले तोकेको हवाईभाडादरमा ३६ प्रतिशतसम्म छुट दिने वायुसेवा सञ्चालक संघले घोषणा गरेको छ ।
यसरी छुटको घोषण गर्ने एयरलाइन्सहरुले देशको विषम परिस्थितिलाई मध्यनजर गरी आन्तरिक उडानमा छुटको घोषणा गरेका हुन् । ट्रंक रुटमा उडान गर्ने बुद्ध एयर र यति एयरलाइन्सले सिमरा, भरतपुर र जनकपुरबाहेक उडानमा २० देखि ३६ प्रतिशतसम्म छुट दिने निर्णय गरेका छन् ।
सरकारको निर्णयानुसार अत्यावश्यक वस्तुहरूको सूचीमा रहेको आन्तरिक हवाईसेवाको भाडादर सरकारले तोकेको सिलिङभित्र रहेर सेवा दिँदै आएको र बढी भाडा नलिएको पनि संघले जनाएको छ ।
संघले जारी गरेको भाडादरअनुसार काठमाडौंबाट विराटनगर ५ हजार ५ सय, भैरहवा ४ हजार ९ सय, नेपालगन्ज ६ हजार ३ सय, भद्रपुर ६ हजार २ सय, धनगढी ७ हजार ९ सय, पोखरा ३ हजार ७ सय र राजविराज ४ हजार २ सय छ । सो अधिकतम भाडादर भएको र यो भाडादर चैत १० देखि २१ गतेसम्म लागू गरिएको संघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।