प्रमोद खरेल र शीतल मोक्तानको स्वरमा कांग्रेस प्रवक्ता शर्माकाे 'काेराेना गीत'

काठमाडौं– कोरोना भाइरसको सन्त्रासको सन्दर्भमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गीत तयार पारेका छन् । गायक प्रमोद खरेल र शीतल मोक्तानको स्वरमा रहेको गीतमा संगीत पनि शर्माले नै भरेका छन् ।

मनोहर सुनामको संयोजन र भोला पौडेलको रेकर्डिङमा तयार ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीत साउन्ड डिजाइन स्टुडियो नक्सालमा तयार पारिएको हो । 

बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको बताइएको छ । शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गर्ने तयारी छ।

यस्तो छ शर्माले रचना गरेको गीत

आउ माया गरौँ, मान्छेले मान्छेलाई
प्रकृतिलाई, संसारलाई माया गरौँ

let’s love; love humans, this nature, the world



आवाज मिलाऊँ / कदम कदम मिलाऊँ
महामारीबाट संसार जोगाऊँ
आऊ माया गरौँ !

Break the chain



उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ

You exist because of them
And in you, they have hope

आशाको दियोले विश्वास जगाऊँ
साथ साथ रहौँ तर सचेत बनौँ
मान्छे / मान्छे मिलेर मान्छेको वस्ती जोगाऊँ
आउ माया गरौँ
Lets love
Break the chain.

  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १८:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया