जुम्ला गरियो एक साता लकडाउन

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाले वएक साता जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक साता जिल्ला लकडाउन गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको उच्च जोखिम भएको भन्दै १६ चैतसम्मका लागि जुम्ला पूर्णरुपमा लकडाउन गरिने भएको हो । 

रोजगारीका लागि भारत गएका जुम्लाका बासिन्दा धमाधम घर फर्किन थालेपछि यो निर्णय गरिएको हो । उनीहरु भारतबाट फर्किएपछि कोरोना भाइरस संक्रमण बढ्ने हो कि भन्ने त्रास जुम्लामा बढेको छ ।

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुगाए बन्जाडेले जिल्लामा भीडभाड नगरिदिन नागरिकलाई अनुरोध गरेकी छिन् ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १८:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया