मास्क र फुट कभर लगाएर क्याबिनेट बैठक, प्रधानमन्त्री चाहिँ ‘अनकर्भड’

काठमाडौं– पछिल्लो समय विश्वमा कोरोना भाइरसले सन्त्रास मच्चाएको छ । यसकै कारण नेपालले पनि भाइरस नेपालमा फैलिन नदिन विभिन्न अस्त्रहरु प्रयोग गर्न थालेको छ । 

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्रीहरुले उच्च सतकर्ता अपनाएका छन् ।

प्रधानमन्त्री सचिवालयले जारी गरेको तस्वीर हेर्दा थाहा हुन्छ, मन्त्रीहरु कोरोना भाइरससँग सतर्क हुँदै मास्क लगाएर क्याबिनेटमा बसेका छन् । यतिमात्र होइन, उनीहरुले फुट कभर पनि लगाएका छन् । 

तर, प्रधानमन्त्री ओलीले भने न मास्क लगाएका छन्, न अरु कुनै ‘कभर’ नै प्रयोग गरेका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १९:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया