काेराेनाबारे ५ भ्रम र वास्तविकता

कोरोना भाइरसको विश्वव्यापी संक्रमण फैलँदै गर्दा विश्वका मानिस जति त्रसित बन्न पुगेका छन् त्यति नै यसबारेको गलत सूचनाले मानिसलाई भ्रामितसमेत पारेको छ । 
ती भ्रमबारेको सत्यता के हो त ? बुझ्न जरुरी छ ।

ह्यान्ड स्यानिटाइजर ?
६० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएका ह्यान्ड स्यानिटाइजर कोरोना भाइरसजस्ता भाइरस मार्न प्रभावकारी हुन्छन् । अमेरिकाको भान्डरबिल्ट विश्वविद्यालयका संक्रामक रोग र रोकथाम औषधिका प्रोफेसर डा. विलियम सेनफरले भने– तर यसले हाल संक्रमण फैलाइरहेको कोरोना भाइरसमा पनि काम गर्छ भन्ने पुष्टि भने भएको छैन ।

मुख्यतः हात धुन असमर्थ रहेका वेला वा जो हात धुने तरिकाअनुसार हात धुन सक्दैनन् उनीहरूले स्यानिटाइजर प्रयोग गर्नुपर्छ । ‘तर, भाइरसबाट बचाउन राम्रोसँग हात धुनु नै अझ प्रभावकारी देखिन्छ,’ टफटस विश्वविद्यालय स्कुल अफ मेडिसिनका विभागीय प्रमुख एच. कोडी मेसनरले भने ।

‘भिटामिन सी’
सामाजिक सञ्जालमा देखेअनुसार धेरैले ‘भिटामिन सी’ एवं प्रतिरक्षा प्रणाली बढाउने कुराहरूको प्रयोग गर्न थालेका छन् । तर, यो एक भ्रमका रूपमा देखिएको छ । रुघा एवं चिसोको हकमा समेत यसले कुनै निश्चित फाइदा गरेको देखिएको छैन ।

‘भिटामिन सी’ले कुनै फाइदा गरिरहेको छ भने त्यो धेरै अहोभाग्यको कुरा हुनेछ, नत्र भिटामिनका डिब्बा रित्याउनु मात्रै हो,’ डा. सेनफरले भने । 
‘उच्च मात्रामा भिटामिन सीको प्रयोगले पेट र मिर्गाैलामा हानि गर्न सक्छ,’ ओहियोको क्लिभल्यान्ड बाल अस्पतालका बाल संक्रामक रोगविशेषज्ञ डा. फ्रान्क एस्पेरले भने ।

मास्कको प्रभावकारिता
अहिले विश्वभर मास्कको अभाव बढेको छ । तर, के सडकमा हिँडिरहेको मान्छे अर्कोलाई संक्रमण नहोस् भनेर मास्क प्रयोग गरिरहेका छन् ? छैनन् । 
धेरैजसो स्वस्थ र लक्षण नै नदेखिएका मानिसले मास्क प्रयोग गरिरहेका छन् । तर, खासमा मास्क प्रयोग गर्नुपर्ने लक्षण देखिएका र संक्रमितले हो । उनीहरूका लागि मास्कको अभाव छ ।



राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका माइक्रोबायोलोजिस्ट विष्णुप्रसाद उपाध्याय भन्छन्, ‘एन–९५ मास्कले समेत मानिसलाई संक्रमणबाट बचाउन सक्छ भन्ने कुनै प्रमाण छैन, हाच्छ्युँ गर्दा, खोक्दा मानिसले मास्क प्रयोग गरे नाक, मुखबाट निस्कने मसिना पानीका कणहरू फैलिन पाउँदैनन् र त्यसले नजिकको मान्छेलाई संक्रमणको सम्भावना भने कम गराउँछ ।’

स्वास्थ्यकर्मी र अस्पतालमा रहेका बिरामी र अन्य मानिसको कुरा भने बेग्लै छ । उनीहरूका लागि मास्क आवश्यकता जस्तै हो ।
‘सर्जिकल मास्कहरूले संक्रमित व्यक्तिलाई रोग सार्नबाट बचाउन सक्छ,’ डा. सेनफरले भने । अमेरिकी रोग नियन्त्रण एवं रोकथाम केन्द्रले ‘संक्रमित एवं बिरामीलाई भेट्न जाँदा, भिडभाडमा जाँदाबाहेकको अवस्थामा स्वस्थ मानिसले मास्क प्रयोग गर्दा, संक्रमितलाई एवं अन्य रोगीहरूलाई अभाव हुने’ जनाएको छ ।



पन्जाको फाइदा
सार्वजनिक रूपमा छोइने स्थानलाई छुँदा पन्जाले पूर्ण रूपमा संक्रमणबाट बचाउन सक्छ भन्ने प्रमाण नरहेको डा. एस्परको भनाइ छ । ‘त्यसक्रममा पन्जामा संक्रमण हुन्छ र धेरैजसो पन्जामा निकै साना प्वालहरू हुन्छन् जहाँबाट भाइरस सजिलै हातमा प्रवेश गर्न सक्छ,’ उनले भने । 

त्यसकारण समय–समयमा साबुनले कम्तीमा २० सेकेन्ड लगाएर राम्रोसँग मिचिमिची हात धुन बिर्सनुहुन्न ।

  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २३:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया