जर्मन चान्सलर मर्केल नै क्वारेन्टाइनमा !

एजेन्सी– विश्वमा सन्त्रास फैलाइरहेको कोभिड १९ अहिले युरोपमा आफ्नो वितन्डा मच्चाइरहेको छ । विदेशका सन्दर्भ हेर्ने हो भने सानादेखि ठूलासम्म र धनीदेखि गरिबसम्म सबैलाई कोरोना भाइरसले अछुतो राखेको छैन । 

र, यहीबीच युरोपियन मुलुक जर्मनीमा त्यहाँकी चान्सलर एन्जेला मर्केलले नै क्वारेन्टाइनमा रहेको समाचार आएको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यममा मर्केल १४ दिने क्वारेन्टाइनमा बसेको समाचर आएको हो । तर, मर्केललाई कसरी कोभिड १९ को आशंका गरिएको हो भन्ने खुलाइएको छैन । 

त्यसो त यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्सले पनि कोभिड १९ को परीक्षण गराएका थिए । दुवैमा यसको नतिजा नेगेटिभ आएको छ । 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २३:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया