जर्मन चान्सलर एन्जेला मर्केललाई कोरोना !

जर्मनीकी चान्सलर एन्जेला मर्केलमा कोभिड १९ देखिएको छ । अर्थात् उनी कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । 

अब उनलाई विशेष चिकित्सकहरुको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ । अब उनी अलग बस्ने र कार्यक्रम तथा बिफ्रिङहरुमा सहभागी नहुने बताइएको छ ।

मर्केलका प्रवक्ताले शुक्रबार मर्केलले एक चिकित्सकलाई भेटेको र उनी कोरोना भाइरस संक्रमित भएको बताएका छन् । प्रवक्ताले अब मर्केलले घरबाट नै सबै काम गर्ने पनि बताएका छन् । 

यसअघि मर्केलले सार्वजनिक स्थानमा दुईभन्दा बढी व्यक्ति भेट्न नपाउने नियम लगाएको थियो । यो प्रतिबन्ध दुई साताका लागि लागु हुने बताइएको थियो । 





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार ०:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया