एजेन्सी– साउदी अरबका सुल्तान सलमानले सोमबार राष्ट्रव्यापी कफ्र्यु लगाउने घोषणा गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन रोक्नका लागि उनले यस्तो निर्णय लिएका हुन् । साउदी अरबको समाचार एजेन्सी एसपिएका अनुसार साउदी अबरमा अब साँझ ७ बजेदेखि विहान ६ बजेसम्म २१ दिनका लागि कफ्र्यु लगाइएको छ ।
उता, संयुक्त अरब इमिरेट्सले आफ्ना सबै प्यासेन्जर तथा ट्रान्जिन उडानहरु रद्द गर्ने फैसला गरेको छ । त्यहाँ अहिले पनि सपिङ सेन्टरहरु बन्द छन् । रेष्टुरेन्टहरुले पनि होम डेलिभरी मात्र गर्न पाउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।