चीनका लागि नेपाली राजदूतमा पाण्डेको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाई समितिले चीनका लागि नेपाली राजदूत सिफारिसमा परेका महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ । 

सोमबार बसेको सुनुवाई समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । उनी नेकपाका नेता हुन् ।

सरकारले यसअघि चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर सो स्थानमा महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो ।

गत फागुनमा उनको नाम सिफरिस गरिएको थियो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि अब पाण्डेलाई राष्ट्रपतिले राजदूतमा नियुक्ति गर्नेछिन् । 





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १५:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया