कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म आक्रामक कारबाही बन्द गर्ने विप्लवको घोषणा

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाही बन्द गर्ने जनाएको छ । 

पार्टी महासचिव विप्लवद्वार जारी विज्ञप्तिमा भनिएको छ– कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी गराउँछौं ।’

साथै सो पार्टीले देशका सबै चिकित्सक एवं स्वास्थ्य–कार्यकर्तालाई जनताको सेवामा लाग्न अनुरोध गरेको छ । विज्ञप्तिमा थप भनिएको छ– तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरुलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ । 





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १७:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया