Fri, 29 May, 2020


हलिउड निर्देशकले प्रशंसा गरे सलमानको
फरकधार / चैत १०, २०७६

एजेन्सी– बलिउड सुपरस्टार सलमान खान अहिले भारतमा मात्र चर्चित छैनन्, उनका त विश्वभर राम्रो छाप बसिसकेको छ । त्यही भएर पनि हुनुपर्छ, उनले बलिउडमा लामो समय देखि राज गरिरहेका छन् । 



अनि यी अभिनेताका चर्का फ्यान रहेछन्, हलिउड निर्देशक जो रुसो । जो रुसो सलमानका यति प्रशंसक रहेछन् कि उनले एक अन्तर्वार्तामा सलमानको खुलेर तारिफ गरेका छन् । एभेन्जर इन्डगेमका निर्देशक जोले सलमानको फिलम दबंगबारे मिडियामा कुराकानी गरेका हुन् । 

यता, कोरोना भाइरस भारतमा पनि फैलिन थालेपछि चाहिँ सलमान खान घरमा नै सेल्फ क्वारेन्टाइनमा छन् । उनले सामाजिक सन्जालमा आफ्ना प्रशंसकहरुलाई पनि घरमा नै बस्न अनुरोध गरिरहेका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्