बलात्कार आराेपित सांसद पाँच लाख धराैटीमा छुटे

धनगढी– बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सदस्य  अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन ।

सोमबार भएको थुनछेक बहसपछि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले रावललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रावल धरौटी बुझाएर रिहा भएका जिल्ला अदालतका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । धनगढीकी एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै रावलविरुद्ध १४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

आफू विरुद्ध उजुरी परेको थाहा पाएपछि २१ फागुनमा जिल्ला प्रहरी कार्यालय पुगेका रावललाई प्रहरीले त्यहींबाट नियन्त्रणमा लिएको थियो । रावल सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलको सचेतकसमेत थिए ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार ०:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया