कोरोना महामारीबीच सोनाक्षीले बताइन् आफ्नो विवाह योजना

एजेन्सी– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो विवाहको योजना आफ्ना प्रशंसक सेयर गरेकी छिन् । कोरानो भाइरसका कारण घरमै क्वारेन्टाइनमा बसेकी सोनाक्षीले सामाजिक सन्जालमा सोनाक्षीसँग सोध्नुस् सत्रमा यसबारे मुख खोलेकी हुन् । 

उनलाई एक प्रशंसकले विवाह योजनाबारे सोधेका थिए । प्रश्नमा सोनाक्षीले विवाहपछि आफ्नो पतिको अनुसार थर फेर्ने कि नफेर्ने भनेर पनि सोधिएको थियो ।

त्यसको जवाफमा उनले भनेकी छिन्, ‘म नामसँग होइन, पूरै पतिसँग विवाह गर्छु ।’

यतिमात्र होइन, उनले आफ्नो विवाहबारे बाबुआमालाई भन्दा प्रशंसकलाई चिन्ता भएको देखेर आफू दंग पर्ने पनि बताएकी छिन् । ‘तर, यसबारे म पहिले नै पक्कै भन्नेछु,’ उनले भनेकी छिन् ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया