वित्तीय संकट आउन नदिने ट्रम्पको प्रतिबद्धता, भने- अमेरिका बन्द गर्न बनेको देश होइन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकमा वित्तीय संकट आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिका बन्द गराउनको लागि नबनेको बताउँदै ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक काम सञ्चालन गर्ने बताएका हुन् । 

आफूले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावत् रुपमा सञ्चालन गराउने तयारी भइरहेको उनले बताएका छन् । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ । भाइरसको कारण अमेरिकाको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ ।  

उनले एक साताभित्रै यथावत् रुपमा व्यवसाय चल्न सक्ने बताएका छन् । चिकित्सासम्बन्धी समस्या रहेको, तर यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने उनको प्रतिबद्धता छ । 

कोरोना भाइइस संक्रमणका कारण अमेरिकामा अहिलेसम्म ५ सय ८२ जनाको मृत्यु भइसकेको छ । यो भाइरसका कारण ४६ हजार १ सय ४५ जना संक्रमित भइसकेका छन् । 
 





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १२:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया