भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत ३० वर्षीय युवकको मृत्यु, कोरोना संक्रमण भए-नभएको रिपोर्ट आउन बाँकी

चितवन– भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मंगलबार मृत्यु भएको छ । अस्पतालका उच्च अधिकारीका अनुसार उनको आज  बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हो । 

उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएन–भएकोबारे रिपोर्ट आउन बाँकी छ ।

चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विशेष अस्पतालमा पठाइएका ती व्यक्ति उच्च ज्वरो र रुघाखोकीले ग्रसित रहेको बताइएको छ । मृतक  वीरगन्जका ३० वर्षीय युवक हुन् । अहिले उनको शव अस्पतालमै राखिएको छ । 

सोमबार नै संकलन गरिएको उनको स्वाबको नमुना मंगलबार बिहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १३:२४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया