भारतका पहिलो कोरोना संक्रमितका यी कुरा सुन्नुस्, उपयोगी हुनसक्छ

एजेन्सी– छिमेकी मुलुक भारतमा दिनहुँ कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दश पुगिसकेको छ । अनि संक्रमितको संख्या चाहिँ ५ सय पुगेको छ । भारतीय अधिकारीहरुका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट पूर्ण रुपमा ३६ जना ठिक भएका पनि छन् ।

भारतको नयाँ दिल्लीमा सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण रोहित दत्तामा देखिएको थियो । उनी अहिले ठिक भएर घर फर्किइसकेका छन् । र, भारतीय मिडियासँग आफ्नो अनुभव सेयर गरेका छन् । उनको अनुभव, उनकै शब्दमा...

 

म युरोपबाट फर्किएर आएलगत्तै मलाई राति ज्वरो आएको थियो । मलाई ९९.५ डिग्री सेल्सियस ज्वरो आयो । मैले सोचेँ कि लामो समय हवाइ यात्रा गरेकाले मलाई यो ज्वरो आएको होला । 

तर, ज्वरो रोकिएन । मैले चिकित्सकसँग सल्लाह गरेँ । चिकित्सकले मलाई तीन दिन खानका लागि औषधि दिए । तीन दिनसम्म यो औषधि खाँदा पनि मलाई खासै फरक परेन । 

त्यसपछि मैले २९ फ्रेबुअरीमा चिकित्सकलाई भनेँ– कोरोना स्क्रिनिङ गराउन चाहन्छु । त्यसको भोलिपल्ट मैले कोरोना परीक्षण गराएँ । त्यसपछि १ मार्चमा मलाई थाहा भयो कि मलाई कोरोना पोजेटिभ देखिएको छ । हो, सरकारले पनि यो कुरा थाहा पायो । म दिल्लीको पहिलो कोरोना संक्रमित हुँ ।



त्यसपछि सरकारले नै एउटा टिम मेरो घरमा पठाइदियो । उनीहरु सबैको स्क्रिनिङ भयो जोसँग मैले भेटेको थिएँ । सबैको टेस्ट नेगेटिभ आयो । तर, मेरो परीक्षण चाहिँ फेरि पनि पोजिटिभ आएको थियो ।

ती तीन चार दिन मैले जोजसलाई भेटेको थिएँ, सबैको टेस्ट नेगेटिभ आएको थियो । त्यसपछि मलाई अस्पतालमा भर्ना गरियो । मैले अस्पतालमा जुन सेवा र सुविधा पाएँ, त्यो वास्तवमै विश्वस्तरको थियो ।



तर, अहिले जो मानिसहरु यो भाइरसका कारण समस्यामा परेका छन्, उनीहरुले सम्झिनु पर्छ कि यो युद्धको जस्तो स्थिति हो । चीनमा हामीले मानिसहरुलाई टेन्टमा राखेर उपचार गरेको देखेका छौँ, त्यसैले हामीले सम्झिन्छु पर्छ कि यस्तो समयमा सुविधा भन्दा पनि स्वास्थ्य ठूलो कुरा हो ।

सुरुका तीन चार दिन मेरो अवस्था निकै कमजोर भएको थियो, निकै खराब भएको थियो । मलाई बोलाउन पनि छोडिएको थियो, बोल्न मन लाग्न पनि छोडेको थियो । मसँग मेरो मोबाइल सँगै थियो । र, म मानिसहरुको सम्पर्कमा थिएँ, आफन्त र साथीभाइको सम्पर्कमा थिएँ । तर, जब ज्वरो अलिक बढी आउँथ्यो, तब अवस्था फेरि खराब हुन्थ्यो । त्यस्तो समयमा आराम गर्ने सल्लाह दिइन्थ्यो ।

मैले पनि त्यस्तो अवस्थामा आराम गरेका थिएँ । फेरि म जब ठिक हुँदै गएँ, मलाई ठिक हुन लाग्यो । मसँग मोबाइल भएकाले मैले मोबाइलमा नै फिल्म हेर्न थालेँ, किताब पढ्न थालेँ । 

म त के भन्छु भने यो आइसोलेसनको १४ दिन जुन हुन्छ, त्यसले मानिसलाई बदलिदिन्छ । यो समयमा मानिसले सोच्छ कि आफूले के गल्ती गरेँ ? म अहिले ४५ वर्षको भएँ । मैले यो १४ दिनमा बितेका ३० वर्षलाई सम्झिएँ । अनि मलाई सम्झना भयो– यी सबै वर्षमा त मैले केवल दौडधूप मात्र गरिरहेको रहेछु । 

जो मानिसहरुलाई अहिले शंका लागेको छ, उनीहरुले सबैभन्दा पहिले चिकित्सककहाँ जानु पर्छ, आफ्नो टेस्ट गराउनु पर्छ । जति छिटो अस्पताल गइन्छ, त्यति नै छिटो फर्किइन्छ पनि ।

  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १३:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया