कोरोना भाइरस उपचार कोषमा कांग्रेसले ५० लाख रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा सहयोग बढ्ने क्रम जारी छ । यसैक्रममा सो कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कांग्रेस पार्टीले सो कोषमा एकमुष्ट ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् । 

यसअघि कांग्रेसका संघीय सांसदहरुले उपचार कोषमा आधा महिनाको तलब उपलब्ध गराउने घोषणा गरेका थिए । 

कांग्रेस सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कम्तीमा एक महिनाको तलब कोेषमा जम्मा गर्न सबै सांसदलाई आग्रह गर्दै आएका छन् ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १४:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया