सप्तरी– सप्तरी जिल्लाका विभिन्न ठाउँमा सेना परिचालन गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिनबार सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सेना परिचालन गरिएको हो । सप्तरीका विभिन्न ठाउँमा मानिसहरु जथाभावी हिँडडूल गर्ने, भीडभाड गर्नेतिर लागेपछि सेना नै परिचालन गरिएको हो ।
लकडाउनलाई सहयोग गर्न सेनाले गस्ती गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वीकार गरेका छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति कम भएका कारण सेना परिचालन गर्नु परेको हो ।
उता, सीमामा भारतबाट नेपाल भित्रिने खोज्ने मानिस धेरै भएपछि त्यहाँको सशस्त्र प्रहरी सीमामा सुरक्षाका लागि गएको जनाइएको छ । यही कारण गृहसँग थप नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइदिन अनुरोध गरिएको पनि प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।