सलमानले घरमै सुरु गरे राधेको पोस्ट प्रोडक्सन

एजेन्सी– बलिउड अभिनेता सलमान खानले कोरोना भाइरसका कारण घरमै लकडाउन हुनु परेको अवस्थालाई मध्यनजर गर्दै काम सुरु गरेका छन् । भारतीय मिडियामा आएको समाचारअनुसार सलमानले अब उनको फिल्म राधेको पोस्ट प्रोडक्सनको काम घरमा नै गर्न थालेका हुन् । कोरोना भाइरसका कारण उनको फिल्म राधेः योर मोस्ट वान्टेड भाईको काम रोकिएको थियो । 

यो फिल्मका दुई सिन सुट हुन बाँकी भए पनि अरु काम सुरु गर्नका लागि सलमानले घरमा नै आफ्नो पोस्ट प्रोडक्सनका लागि टिम तयार गरेको र स्थान सेटअप गरेको भारतीय मिडियाले जनाएका छन् । सलमान र फिल्मका निर्देशक प्रभुदेवाले यो काम अगाडि बढाउने सल्लाह गरेको त्यहाँका मिडियाले जनाएका छन् ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १५:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया