दक्षिण अफ्रिकामा तीन साता लकडाउन, कोरोनाबाट एड्स र टिबी रोगी बढी प्रभावित

एजेन्सी– कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दक्षिण अफ्रिकामा तीन साता लकडाउन हुने भएको छ । राष्ट्रपति सिरिल रामाफोसाले भिडियो सन्देशमार्फत् बिहीबार मध्यरातदेखि २१ दिने लकडाउन घोषणा गरेको समाचार संस्था सिएनएनले जनाएको छ । 

यसअघि दक्षिण अफ्रिकाले कोरोनालाई राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । रामाफोसाले कोरोना भाइरसको संक्रमणमार्फत् मानवीय मूल्य चुकाउनुपर्ने विषयलाई ध्यानमा राख्दै लकडाउनको घोषणा गरिएको उनले बताएका छन् ।

दक्षिण अफ्रिकामा एकसातामा कोरोनाबाट संक्रमण हुनेको संख्या ६ गुणाले बढेको छ । दक्षिण अफ्रिकामा ठूलो संख्यामा एड्स र टिबी रोगी छन् । रोगप्रतिरोधी  क्षमता कम भएका यस्ता रोगीलाई कोरोनाले बढी प्रभाव पारेको बताइएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १६:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया