Fri, 10 Apr, 2020


बन्यो अमिताभ र क्याट्रिनाको जोडी
फरकधार / चैत ११, २०७६

एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री क्याट्रिना कैफले अब एउटै फिल्ममा काम गर्ने भएका छन् । उनीहरुले काम गर्ने फिल्म कमेडी फिल्म भएको भारतीय मिडियामा समाचार आएको छ । सुपर ३०, क्विनजस्ता फिल्म बनाइसकेका विकास बहलले कमेडी फिल्म डेडली बनाउन लागेका हुन् । 



यही फिल्ममा क्याट्रिना कैफ र अमिताभ बच्चन सँगै देखिन लागेको हुन् । फिल्मका लागि यी दुवै कलाकारले सम्झौता गरिसकेको बताइएको छ । 

यो फिल्म यही वर्ष मेमा सुटिङ सकिएर आउने जनाइएको थियो । तर, कोरोना भाइरसका कारण अहिले तत्कालका लागि यो फिल्म रोकिएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्