सहरबाट आएका छोरालाई बाबुआमाले घर छिर्न दिएनन्, भने– पहिले चेक गरेर आउनू

कोरोना भाइरस सन्त्रासका कारण विश्वभर एक किसिमको डर पैदा भएको छ । काठमाडौंबाट पनि अहिले गाउँमा जाने मानिसहरुको संख्या निकै बढेको छ । 

नेपालमा मात्र होइन, अन्य देशहरुमा पनि कोरानाको त्राससँगै मानिसहरु गाउँ फर्किने चलन बढेको छ । यस्तै, एक युवा मुम्बईबाट आफ्नो गाउँमा पुगेका छन् । उनले अन्तिम रेल लिएर गाउँमा पुगेका थिए । 

तर, उनका बाबुआमाले उनलाई घरमा छिर्न नै दिएनन् । उनलाई पहिले अस्पताल गएर आफूमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएपछि मात्र घर आउन उनका बाबुआमाले निर्देशन दिए । ती युवाले पनि बाबुआमाले भनेको माने र कोरोनाको परीक्षण गर्न गए । अनि आफूलाई कोरोना नभएको प्रमाण बोकेर बल्ल घर भित्र छिर्न पाए ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १७:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया