Fri, 10 Apr, 2020


कोरोना पीडितको उपचार तथा रोकथामका लागि रजनीकान्तले दिए ८० लाख
फरकधार / चैत ११, २०७६

एजेन्सी– कोरोना भाइरसका कारण अहिले विश्व समस्यामा परेको छ । विश्वका कयौँ देशमा मानिसहरु घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । कोरोनाका कारण विश्वकै अर्थतन्त्र धराशयी पनि बनेको छ । 



अनि नेपालमा जस्तै कोरोनाविरुद्ध लड्न विभिन्न देशमा नयाँ कोषहरु पनि बनिरहेका छन् । त्यसमा सेलेब्रिटीहरुले सहयोग गर्ने क्रम पनि बढ्दो छ । यहीबीच दक्षिण भारतका अभिनेता रजनीकान्तले पनि कोरोनाका कारण काम गर्न नपाएका मजदूरहरुका लागि भनेर ५० लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

उनले यो दैनिक काममा निर्भर हुने व्यक्तिहरुलाई सहयोग स्वरुप दिएको बताएका छन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्