पाेखरीमा डुबेर दुई नाबालककाे मृत्यु

महाेत्तरी– महोत्तरीमा दुई वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मटिहानी नगरपालिका–९, सिमरदहीका सुनीलकुमार चौधरीका छोरा प्रिन्सकुमारको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । प्रिन्स आमासँगै जलेश्वरनाथ महादेव मन्दिरपरिसरमा चलिरहेको सत्यनारायणको पूजामा गएका थिए ।

पूजामा सहभागी आमाले केहीबेरमा आफ्नो बच्चा नदेखेपछि छोरो हराएको भन्दै जलेश्वर प्रहरीमा खबर गरेकी थिइन् । खोजीका क्रममा बालक पोखरीमा डुबेको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर जलेश्वर अस्पताल पुर्याएको थियो । तर, अस्पतालले बालकलाई तत्काल मृत घोषणा गरेको थियो ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार ७:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया