नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए

काठमाडौं– नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म नमुना परीक्षण गरिएका ६८७ मध्ये ६८४को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

त्यसपछि फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । उनी ४ चैतमा फ्रान्सबाट नेपाल आएकी थिइन् । 

दोस्रो संक्रमितबारे आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

बुधबार पुनः तेस्रो संक्रमित भेटिएका छन् । शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १३:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया