काठमाडौं । नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा आगन्तुकलाई प्रवेशमा निषेध गरेको छ ।
सेनाले भनेको छ, ‘कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको जानकारी गराइन्छ ।’’
सेनाले सबैलाई सतर्क रहन आग्रह गर्दै सेनासँग सम्बन्धित गतिविधि विज्ञप्तिमार्फत जानकारी दिइनेसमेत जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।