इटालीमा रहेकी गायिका भिन्छन्– कोठाबाहिर निस्किएकी छैन, साइरनबाहेक आवाज सुनिँदैन

बलिउडकी गायिका श्वेता पन्डित अहिले इटालीमा छिन् । उनी त्यहाँ पति इवानो फुच्चीसँग बसिरहेकी छिन् । 

इटाली अहिले विश्वमा सबैभन्दा बढी प्रभावित देश हो, कोरोना भाइरसकसा कारण । त्यहाँ ८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

त्यहाँ भाइरसको प्रकोप यति बढिरहेको छ कि दैनिक मृतकको संख्या बढिरहेको छ ।

यहीबीच श्वेताले इन्स्टाग्राममा आफ्नो इटाली अनुभव सेयर गरेकी छिन् । उनले भिडियोमा भनेकी छन्– उनी एक महिनदेखि घरबाट बाहिर निस्किइनन् । उनले त्यहाँ केवल साइरनको आवाज सुनिरहेको बताएकी छिन् । ‘जब विहान उठ्छु, साइरनको आवाज सुन्छु,’ उनले भनेकी छिन्, ‘मैले त सबै सावधानी अपनाएकी छु, अरु सबैले पनि सावधानी अपनाउनु ।’





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १५:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया