कोरोना भाइरस उपचार कोषमा राजपा सांसदले १५ दिनको तलब जम्मा गर्ने

काठमाडौं– राष्ट्रिय जनता पार्टीका संघीय सांसदहरुले सरकारले गठन गरेको कोरोना भाइरस उपचार कोषमा १५ दिनको तलब जम्मा गर्ने भएका छन् ।

बुधबार एक सूचना प्रकाशित गर्दै राजपाले सोबारे जानकारी गराएको हो ।

राजपाका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको तर्फबाट महासचिव केशव झाले सूचना प्रकाशित गरेका छन् ।

सो सूचनामा संसदीय दलको कर्मचारी र पार्टीको कर्मचारी सबै सेल्फ क्वारेन्टाइनमा रहेकोले लिखित विज्ञप्ति भने जारी गर्न नसकिएको बताइएको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १५:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया