क्वारेन्टाइनमा कोमल वली, के गरेर बस्छिन् घरमा ?

काठमाडौं– लामो समय पत्रकारिता गरेकी गायिका कोमल वली अहिले राष्ट्रिय सभा सदस्य छिन् । पछिल्लो समय राजनीतिक भेटघाटमा निकै समय खर्चिइरहेकी कोमल वली अहिले कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण सानेपास्थित आफ्नै घरमा बसिरहेकी छिन् । 

आजभोलि उनले न घरमा अरु कसैलाई बोलाएकी छिन्, न आफू घरबाट बाहिर निस्किएकी छिन् । बरु उनी घरमा नै फेसबुक, ट्विटर तथा अन्य सामाजिक सन्जालमा सक्रिय भएर लागिरहेकी छिन् । त्यसमा उनले कोरोना भाइरस संक्रमणबारे जनचेतना फैलाउने काम गरिरहेकी छिन् । 

दाङकी कोमल वलीले केही समयअघि नै राष्ट्रिय सभामा यस्तो बेलामा कालोबजारी हुने सम्भावना बढी हुने भएकाले तत्काल सरकारले अनुगमन गर्नु पर्ने आवाज राखेकी छिन् । त्यहीअनुसार अहिले पनि उनी बारम्बार स्वास्थ्यमन्त्री, उद्योगमन्त्रीलगायतसँग सम्पर्कमा बसिरहेकी छिन् ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १५:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया