यी टिप्स फलाे गर्नुहाेस्, इम्युनिटी पावर बढाउनुहाेस्, काेराेनासँग लड्नुहाेस्

कोरोना भाइरसले रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई छिटो संकमण गर्छ । यसको संक्रमणबाट मृत्यु हुनेमध्ये वृद्धवृद्धाको संख्या बढी छ । अहिलेसम्मको तथ्यांक हेर्दा ६० वर्षभन्दा माथिका बुढाबुढीको मृत्यु बढी भएको छ । जसको कारण हो प्रतिरोधात्मक क्षमता कमजोर हुनु । जसकारण भाइरसले छिटो संक्रमण गर्छ । वृद्धवृद्धा मात्रै नभएर क्यान्सरपीडित, मिर्गौला रोगी, मधुमेहका बिरामी साथै पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कमजोर भएका जोकोहीलाई पनि यसको संक्रमण छिटो हुने गर्छ । 

-प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा फ्लुविरुद्ध लड्नुका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ । 

-एन्टिअक्सिजन बढी भएका खानेकुरा बढी खाने गर्नुपर्छ । जस्तै, फलफूल, भिटामिन ए, सी र ई भएका खानेकुरा ।

-नियमित एक्सरसाइज गर्नाले पनि रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ ।

-यो भाइरस शरीरको तापक्रम कम भएका मानिसलाई छिटो संक्रमण हुन्छ । संक्रमण बढ्दा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरको तापक्रम बढाउन तातोपानी खान सकिन्छ । साथै, बाफ लिएर पनि शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।

-गाँजा र रक्सी खाँदा प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने भ्रम मात्रै हो । धुमपान र मद्यपान सेवनले प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने भएकाले यस्ता चिज सेवन गर्नुहुँदैन ।



बच्ने उपाय

-नियमित रूपमा साबुनपानी र सेनेटाइजरले हात धुने । बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने ।



-भिडभाडमा नजाने र घरमै बस्ने । खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने ।

-संक्रमित व्यक्तिबाट टाढा रहने र आफूलाई केही लक्षण देखिनासाथ अस्पताल जाने ।

  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १०:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया