नोवेल पुरस्कार विजेताको भविष्यवाणी– छिटै रोकिन्छ कोरोना भाइरस संक्रमण

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व अहिले त्राहिमाम भएको छ । यो खतरानक भाइरसको कारण विश्वमा अहिले एक तिहाईभन्दा धेरै मानिसहरु आफ्नो घरमा कैद हुन मजबुर भएका छन् । 

यहीबीच आएको नोबेल पुरस्कार विजेताको एउटा भविष्यवाणीले चाहिँ सबैलाई राहत दिन सक्छ । नोबेल पुरस्कार विजेता माइकल लेविटले भनेका छन् कि अब यो भाइरस छिटै हराउँछ ।

स्टानफोर्ड विश्वविद्यालयका बायोफिजिसिस्ट तथा नोबल पुरस्कार विजेता माइकल लेविटले नोबल कोरोना भाइरस विश्वमा मानिसहरुले सोसल डिस्टेन्सिङ कायम गरेकाले पनि छिटो सकिने र यो महामारीमा लड्का लागि सामाजिक रुपमा सबैलाई शक्ति आवश्यक भएको छन् । उनका अनुसार यो शक्ति भनेको नै मनोबल हो । 

माइकलको यो कुरालाई विश्वास गरिएको छ भने उनले कोरोना भाइरस सबैभन्दा पहिले चीनमा देखिँदा पनि तीन हजारभन्दा केही बढी मानिसको मात्र मृत्यु हुन्छ भनेका थिए ।

सन् २००३ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका माइकल लेविटले चीनमा कोरोना भाइरस देखिएलगत्तै यसले विश्वव्यापी प्रकोप ल्याउने पनि भविष्यवाणी गरेका थिए । माइकल सँगसँगै अन्य स्वास्थ्यविज्ञहरुले पनि अब यस्तै खालको भविष्यवाणी गर्न थालेका छन् ।

उनले द लस एन्जलस टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘हामीले कोरोना भाइरसजस्तो खतरानक भाइरसलाई रोक्न जे गर्नु पर्ने हो, त्यो गरिरहेका छौँ । अब सबै ठिक हुँदै जानेछ ।’



अनि उनले अहिलेको परिस्थिति पनि त्यति भयावह नभएको बताएका छन् । उनले सामाजिक रुपमा हामी टाढा रहँदा नै यो भाइरसको संक्रमण रोकिने भएकाले यसलाई चाहिँ पूर्णरुपमा पालना गर्नु पर्ने बताएका छन् ।

उनका अनुसार अर्को साताबाट नै यसको मृत्युदर अत्यन्त कम हुँदै जान्छ ।



  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार ११:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया