अफगानिस्तानको काबुलमा शिख मन्दिरमा आक्रमण, २७ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा आत्मघाती बम हमला भएको छ । सो आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ ।

बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता नरहेको तालिबान विद्रोहीले जनाएको छ । आक्रमणकारीले सुरुमा काबुलको गुरुद्वारामा आत्मघाती बम हमला गरेका थिए भने त्यसपछि बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

स्थानीय समयअनुसार बिहान ७ः४५ मा भएको सो आक्रमण इस्लामिक स्टेटसम्बद्ध समूहले गरेको तालिबान समूहको दाबी छ । आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका थिए ।

अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको उल्लेख छ । आक्रमणकारी सबै चारजनाको सुरक्षा कारबाहीमा मृत्यु भएको अफगान सुरक्षाकर्मीको भनाइ छ ।





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १२:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया