भारतमा ठूलो समस्या भइसक्यो कोरोना

एजेन्सी– केही दिनअघि सम्म भारतमा एउटा पनि कोरोना भाइरसको गम्भीर केस देखिएको थिएन । तर, अब विस्तारै त्यहाँ निकै ठूलो समस्याका रुपमा कोरोना भाइरस देखिइसकेको छ । 

कोरोना भाइरसका कारण अहिले भारत २१ दिन लकडाउनमा छ । तर, प्रत्येक दिन त्यहाँ नयाँ कोरोानका संक्रमित देखिएका छन् । यही रेसियोमा त्यहाँ कोरोना संक्रमण हुने जाँदै हो भने अबको १० दिनमा कम्तिमा पनि १० हजार जना भारतीयमा कोरोना संक्रमण देखिने विश्लेषण अधिकारीहरुले गरेका छन् । 

भारतमा पछिल्ला पाँच दिनमा कम्तिमा पनि ६० नयाँ कोरोना भाइरसका संक्रमितहरु देखिएका छन् । अहिले त्यहाँ ६४९ जना कोरोना संक्रमित छन् । यीमध्ये ५९३ जनाको उपचा भइरहेको छ । १३ जनाको मृत्यु भएको छ भने ४३ जना पूर्णरुपमा स्वस्थ्य भएका छन् । 

बुधबारमात्र भारतका २० राज्यमा नयाँ संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १५:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया