Fri, 03 Apr, 2020


घिमिरेले पाँच तले घर क्वारेन्टाइनका लागि उपलब्ध गराउने, कोरोना कोषमा एक लाख दिने
फरकधार / चैत १३, २०७६

काठमाडौं– विश्व अहिले कोरोना महामारीका लागि लडिरहेको छ । यहीबीच नेपाल सरकारले पनि देशमा सात दिन लकडाउनको घोषणा गरेको छ ।



अनि सरकारले कोरोना केन्द्रीय कोष बनाएर सहयोग पनि अपेक्षा गरेको छ । सरकारले यसअघि नै सहयोग गर्न चाहनेहरुले राष्ट्रिय वाणिज्य बैंकमा रकम डिपोजिट गर्न अनुरोध गरेको छ । कोषमा मन्त्रीहरुले एक महिनाको तलब दिने घोषणा गरेका छन् । त्यस्तै, राष्ट्रपतिले दुई महिनाको, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले एक महिनाको, सभामुखले एक महिनाको तलब कोषमा दिने बताइसकेका छन् । अन्य नेता तथा सांसदहरुले पनि यो घोषणा गरेका छन् । 

सरकारलाई यही कोषमा विश्वम्भर घिमिरेले पनि एक लाख सहयोग दिने भएका छन् । साथै उनले सरकारलाई यो कोषमा अनलाइनमार्फत् पैसा ट्रान्सफर गर्नका लागि मिल्ने वातावरण बनाउन पनि सरकारसँग आग्रह गरेका छन् । 

कोषमा एक लाख मात्र होइन, घिमिरेले काठमाडौं ३० डिल्लीबजारमा रहेको आफ्नो पाँच तले घर क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने पनि भएका छन् । अहिले होटल भएको घरलाई सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले क्वारेन्टाइनका लागि दिन लागेको घिमिरेले बताएका छन् ।

स्थगित भइसकेको नेपाल भ्रमण वर्षको सचिवालयमा कार्यक्रम संयोजकका रुपमा काम गरेको अनुभव सँगालिसकेका घिमिरेले यो विषम परिस्थितिमा सबैले सरकारलाई सहयोग गर्न आह्वान पनि गरेका छन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्