संक्रमित युवतीसँगै जहाजमा आएका युवा सेल्फ क्वारेन्टाइनमा

कोरना संक्रमित भई टेकु अस्पतालमा उपचारार्थ १९ वर्षीया किशोरीसँगै विदेशबाट नेपाल आएका कञ्चनपुरका एक युवा आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । 

केही दिनअघि कोराेना संक्रमित किशोरी चढेको कतार एयरवेजकै जहाजमा नेपाल आएका कञ्चनपुर महाकाली नगरपालिका ४० वर्षीय युवा घरमै सेल्फ क्वारेन्टाइनमा राखिएका हुन्  । 

महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले विदेशबाट आएका ती  युवाको स्वास्थ्य अवस्था समान्य रहेको बताए । 

‘अहिले उनको स्वास्थ्य अवस्या सामान्य छ,’ ‘प्रवक्ता सिजालीले भने, ‘हामीहरूले उनलाई उपचारका लागि आग्रह गऱ्यौँ, उनमा अहिले केही समस्या नदेखिएकाले घरमै सेल्फ क्वारेटाइनमा बसेका छन् ।’ 

घरपरिवार र उनलाई अलग्गै बस्न नगरपालिकाले आग्रह गरेको छ । तर, स्थानीयले भने उनलाई सेल्फ क्वारेन्टाइनभन्दा पनि आइसोलेसनमै राखेर उपचार गरिनुपर्ने र स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् । 

भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका कोराेनाको उच्च जोखिममा रहेको भन्दै प्रवक्ता सिजालीले सीमा बन्द भए पनि भारतमा रोजगारीमा गएका नेपाली छिटफुट रूपमा महाकाली नगरकै नाका भएर भित्रिरहेको बताए । 



‘भारतबाट आएका नेपालीले उद्धार गरेर उनीहरूको स्वास्थ्य परीक्षण गर्दै सीधै गड्डाचौकी पठाउँदै छौँ,’ उनले भने, ‘वडामार्फत भारतसँगै तेस्रो मुलुकबाट घर आएकाहरूको पनि स्वास्थ्य परीक्षण गरिरहेका छौँ ।’ 

महाकाली नगरपालिकाले केही दिनअघि नै १० दिनका लागि नेपाल,भारत सीमानाका नै बन्द गरेको थियो, सीमा क्षेत्र र झोलुेङ्गे पुल क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेर कोराेना संक्रमणबाट जोगाउने प्रयास थालिएको प्रवक्ता सिजालीले बताए । 



  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १६:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया