म त युवा थिएँ, कोरोनालाई जितेँः वुहानमा मेडिकल पढेकी एक विद्यार्थी

सबैभन्दा पहिले त उनको परिवारले चीनमा मेडिकल पढ्न पठाउने वा नपठाउने भन्नेमा निक्र्योल गर्न सकेको थिएन । तर, उनीहरु छिटै यसमा कन्फिडेन्ट भए, उनलाई पढ्न वुहान पठाउने भए । 

चिनियाँ सहर भारतको केरलाकी यस्मिनका लागि सुरुमा नौलो भयो, उनी होमसिक भइन् । र, बारम्बार उनी घर फर्किन खोजिरहिन् । तर, केही महिनामा नै उनको यो होमसिक सकियो । उनी सहरको सौन्दर्यमा रमाउन थालिन्, यसको गुणगान पो गाउन थालिन् ।

वुहान विश्वविद्यालयको परिसर, त्यहाँका नदी र तालतलैया उनलाई भुलाउन काफी भए । हुबेइ प्रान्तको राजधानी पनि उनलाई विस्तारै घर भुलाउन काफी भयो, त्यहाँको कला र संस्कृतिले उनलाई तानिरह्यो । 

यस्मिन खासमा विश्वभर रहेका भारतीयमा पहिलो व्यक्ति हुन् जसमा कोभिड १९ पोजिटिभ देखियो । तर, उनलाई याद भएसम्म उनलाई डिसेम्बर २०१९ सम्म यो रोगबाट उनलाई कुनै अत्तोपत्तो थिएन । अनि यसले आफूर्ला गाँज्ला भन्ने पनि उनले सोचेकी थिइनन् । 

उनलाई त जनवरी पहिलो सातामा यो रोगबारे थाहा भएको थियो । जब उनलाई यो कुरा थाहा भयो, त्यति बेला विश्वविद्यालयले नै उनीहरुलाई मास्क लगाउन भनिसकेको थियो । अनि अर्को पनि निर्देशन आएको थियो– भिडभाडबाट टाढा रहनू ।

उनको कक्षा १३ जनवरीमा सकियो । त्यसपछि उनले चार साता लामो बिदा पाउँदै थिइन् । एक मन यस्मिनलाई घर फर्किऔँ कि भन्ने थियो । तर, उनका साथीहरुले त्यहीँ बस्ने निर्णय गरेँ, अगस्टमा जब ६ साता लामो बिदा हुन्थ्यो, त्यति बेला मात्र घर जाने निर्णय गरेँ । 



यस्मिनले पनि यसलाई मानिन् । 

तर, त्यसको चार दिनपछि १७ जनवरीमा नै थाहा भयो– चीनमा कोरोना भाइरसको संक्रमण निकै बढिसकेको छ । अनि बल्ल उनी र उनका साथीहरुले त्यो सहर छोड्ने निर्णय गरे । २३ जनवरीको टिकट काटे । त्यही दिन विहान वुहान लकडाउन हुने खबर फैलियो । प्रशासनले १० बजेबाठट नै वुहान लकडाउन गर्ने घोषणा गर्यो । २ बजेको विमान भए पनि उनीहरु विहानै सहरबाट विमानस्थल जाने भए । रेलवे स्टेसनमा उनको सामान्य स्वास्थ्य जाँच गरियो ।



त्यहाँबाट उनीहरुले कुनमिङका लागि उडान लिए । युनान प्रान्तको राजधानी पुगेर उनीहरुले फेरि एकपटक स्वास्थ्य जाँच गराए । त्यहाँ उनीहरुले कोलकाताका लागि उडान लिए । यसमा यस्मिनसहित २० जना अन्य साथीहरु थिए ।

कोलकाताबाट उनका केही साथीहरु दुबई, साउदी अरब र अरु ठाउँहरुमा गए । उनी एक्ली थिइन्, जो कोची जानु पर्ने थियो ।

केरलाको सरकारले बनाएको गाइडलाइन्सअनुसार उनी त्यहाँबाट घर पुगिन् र आफूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिन् । दुई दिनपछि मात्र यस्मिनको घाँटी दुख्यो अनि उनले खोक्न थालिन् । 

त्यसपछि उनले तत्काल स्वास्थ्य विभागमा यसबारे जानकारी गराइन् । उनको परिवारको स्वास्थ्य जाँच गरियो । उनको परिवार पूरैलाई सेल्फ आइसोलेसनमा जान त्यहाँको सरकारले निर्देशन दियो ।

३० जनवरीमा उनको परीक्षणको नतिजा आयो । उनलाई कोभिड १९ भएको रहेछ । पहिले त यो कुरा उनलाई त्यहाँको मिडियाबाट जानकारी भयो । पछि अस्पतालले उनलाई योबारे जानकारी पनि दियो । तत्काल उनका परिवार सदस्य र उनले भेटेका अरुलाई पनि जाँच गरियो । भाग्य भनौँ, अरु सबैको नतिजा नेगेटिभ आयो ।

उनको प्रान्तीय सरकारले खासमा उनीसँग यात्रा गरेका सबैलाई ट्र्याक गर्ने भयो । उनले यसमा सकेको सहयोग गरिन् । वुहानबाट यात्रा गरेका २० जना विद्यार्थीमध्ये तीन जनामा मात्र पोजिटिभ देखियो ।

‘जे होस्, सरकारले जुन रफ्तारमा यो काम गरेको थियो, उनीहरुलाई ट्र्याक गरेको थियो,’ उनले भनेकी छिन्, ‘त्यो निकै सकारात्मक हो । मैले यस्तो होला भन्ने सोचेकै थिइनँ ।’

उनको परीक्षणको नतिजा आउनुभन्दा पहिले उनलाई केही एन्टिबायोटिक दिइएको थियो । तर, उनले यसबीचमा पनि आफूलाई कमजोर महसुस गरेकी थिइनन् । ‘मेरा लागि त कोरोना कुनै भाइरल ज्वरोजस्तै थियो,’ उनले भनेकी छिन्, ‘मलाई यसले अरु केही पनि भएन । सायद म युवा भएकीले होला ।’

उनको उपचार सफल भएको छ । पहिले उनका छिमेकीहरु उनीसँग डराउँथे । तर, अब त उनका आफन्त घरमा आउन थालेका छन् । 

‘म पनि बाहिर जान थालेकी छु,’ यस्मिनले भनेकी छिन्, ‘मैले कोरोनालाई पराजित गरेँ किनकि मैले समयमा नै यसको उपचार गरेँ, मैले निकै राम्रो उपचार पनि पाएँ ।’

अब उनको विश्वविद्यालयले अनलाइन क्लास दिन थालेको छ । 

अनि उनी पनि खुसी छिन् । 

‘अब त कहिले वुहान जाऔँ जस्तो भइरहेको छ,’ उनले भनेकी छिन्, ‘अब हामी झन् बलियो भएका छौँ ।’

  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १७:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया